चितवन । भरतपुर महानगरपालिकाको वडा नम्बर २ मा पनि नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन्। यसअघि नेकपा एमालेले जितेको वडामा यसपटक पाँच दलीय गठबन्धनबाट कांग्रेसका मनोज रानाभाटले नेकपा एमालेका कृष्ण केसीलाई पराजित गराएका हुन्। रानाभाटले दुई हजार १०५ मत ल्याउँदा केसीले दुई हजार ५८ मत प्राप्त गरे।
मेयर पदमा भने तीन मतको अन्तरले पाँच दलीय गठबन्धनकी उमेदवार रेनु दाहाल अगाडि छिन्। दाहालले दुई हजार ९१८ मत ल्याउँदा एमाले-राप्रपाका साझा उमेदवार विजय सुवेदीले दुई हजार ९१५ मत ल्याउन सफल भएका छन्। स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले पनि ९२४ मतसहित तेस्रो स्थानमा कायम गराउन सफल भएका छन्।
यस्तै उपमेयरमा पाँच दलीय गठबन्धनका साझा उमेदवार कांग्रेसका चित्रसेन अधिकारी अगाडि छन्। सुरुदेखि नै पहिलो नम्बरमा रहेका अधिकारीले दुई वटा वडा गनिसक्दासम्ममा तीन हजार १९६ मत पाएका छन् भने एमाले-राप्रापाकी साझा उमेदवार हिमला गुरुङले जम्मा दुई हजार ३१६ मत प्राप्त गरेकी छन्।
Facebook Comments


























