पोखरा फागुन २७ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राम नेपालमै जन्मिएको दाबी दोहोर्याएका छन्।
पोखरामा प्रेस चौतारीको महाधिवेसनलाई सम्बोधन गर्दै उनले भने, ‘रामका बा ठोरीका हुन्। माडी र ठोरीको बीचमा जन्मिएका हुन्। उनले मेसोपोटामियाबाट रथ ल्याएर दशवटा रथ बनाए। उनको नाम नेगीबाट दशरथ बन्यो।’
उनले अहिलेको युगमा राम राज्यको व्याख्या गरेर खासै स्वाभाविक नहुने बताए।
‘सत्ययुगको व्याख्या गरेर थाक्दैनन् मान्छे। सत्युगमा चोरी हुन्थेन भन्छ। उतिबेला कसैसँग सम्पति भए पो चोर्ने। घर फुटाउथेनन् भन्छन्, घर भए पो फुटाउने ? राम राज्य कस्तो थियो ? कसैलाई थाहा छैन’, उनले भने।
सत्ययुग, त्रेतायुग, द्वापर युग कस्तो न थियो भन्ने भ्रमबाट बाहिर निस्कन पनि उनले आग्रह गरे।
Facebook Comments


























