काठमाडौं, फागुन ९ । चैत १९ गते हुने नेपाल बार एशोसियसनको निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ। निर्वाचन समितिले सोमवार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो।
जसअनुसार फागुन १० गते मतदाता नामावली प्रकाशन, दाबी विरोध १३ गते, दाबीविरोधमा जाँचबुझ १९ गते र मतदाताको अन्तिम नामावली प्रकाशन २० गते गरिनेछ।
यस्तै फागुन २३ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता गराउने समय तोकिएको छ।
दाबी विरोध, जाँचबुझ र दोस्रो नामावली प्रकाशन फागुन २४ गते, नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन २५ गते हुनेछ। मतदान चैत १९ गते बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ।
निर्वाचनबाट अध्यक्ष १, उपाध्यक्ष ८, महासचिव १, कोषाध्यक्ष १, सदस्यहरू १४ जना निर्वाचित हुनेछन्।
Facebook Comments


























