काठमाडौं, फागुन ८ । अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसद्मा आइतवार टेबल हुने भएको छ।
अन्य प्रक्रिया आज नबढ्ने गरी टेबल गर्ने सहमति कार्यव्यवस्था परामर्श समितिमा भएको हो। बैठकमा नेकपा माओवादी केन्द्रले एमसीसी संसदमा टेबल गर्ने समयमा बोल्न पाउनुपर्ने माग राखेको थियो।
माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले एमसीसी टेबल गर्ने बेला आफूहरूको धारणा राख्ने बताएका छन्। प्रतिनिधि सभामा लामो समयदेखि अवरोध गर्दै आएको नेकपा एमालेले भने विरोध कायमै रहने जनाएको छ।
Facebook Comments


























