काठमाडौं, फागुन ८ । प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे बस्दैछ। संसद सचिवालयले बैठकको सम्भावित कार्यसूचीमा आइतबार पनि विवादित बनेको एमसीसी सम्झौतालाई राखेको छैन।
सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर दउवाले राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने उल्लेख छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदमा टेबल गर्न चाहेका छन्। तर सत्तारुढ दलमै विवाद हुँदा टेबल हुन सकिरहेको छैन।
Facebook Comments


























