चितवन, फागुन ४ । एमसीसीको विरोधमा विभिन्न ६ दलीय मोर्चाले आज (बुधबार) नेपाल बन्द आह्वान गरेकाछन् ।
चितवनमा भने बन्दको प्रभाव समान्य छ । विभिन्न ६ दलीय मोर्चाले एमसीसीको विरोधमा आज नेपाल बन्दको घोषणा हुन् । नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त गणतान्त्रिक मोर्चा, नेपाल, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादीले बन्द आह्वान गरेका हुन् ।
अहिले चितवनका सडकमा गाडी चलेका छन् । राजमार्गका चोक चोकमा सुरक्षाकर्मी व्यापक परिचालन गरिएकाले बन्द कर्ताले सवारी आवागमनमा अवरोध पुर्याउन पाएका छैनन् ।
Facebook Comments


























