काठमाडौं, फागुन २ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध सत्तारुढ दलका सांसदहरुले दर्ता गरेको महाभियोग प्रस्तावबारे छलफल गर्न एमालेले आज (सोमबार) बिहान ११ बजेका लागि बैठक बोलाएको हो।
नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने बैठकमा सबैलाई अनिवार्य उपस्थित हुने निर्देशन दिइएको छ। बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने एक सांसदले बताए। विशेषगरी प्रधानन्यायाधीशविरुद्ध दर्ता गराइएको महाअभियोग प्रस्तावका विषयमा बैठक केन्द्रित हुने जनाइएको छ।
महाअभियोग प्रस्तावको संसदीय प्रक्रियाबाट प्रतिवाद गर्ने एमालेको तयारी छ। यसअघि आइतबार साँझ सम्पन्न एमाले सचिवालय बैठकले प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरिसकेको छ।
Facebook Comments


























