काठमाडौँ, माघ २७ । सत्तारुढ गठबन्धन दलका तीन शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच करिब एक घण्टा छलफल भएको थियो। छलफलमा स्थानीय तहको निर्वाचन र गठबन्धनको आगामी कदम तथा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट ९एमसीसी०का विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ।
भेटमा एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न प्रधानमन्त्रीले गरेको प्रस्तावमा दुबै नेताले संशोधन बेगर गर्न नसकीने धारणा राखेको बालुवाटार स्रोतले खबरहबलाई बतायो।
Facebook Comments


























