काठमाडौं, माघ २४ । आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। बैठकले स्थानीय तह निर्वाचनको मिति तोक्नसक्ने बताइएको छ।
यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय चुनावको मिति घोषणा गर्न सरकारलाई सिफारिस गरिसकेको छ।
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ताघटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग स्थानीय चुनावलगायतका विषयमा छलफल गरका थिए।
Facebook Comments


























