काठमाडौँ, मंसिर २६ । नेकपा एमालेको बैठकमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित ३० जनालाई केन्द्रीय सदस्य बनाउने प्रस्ताव पुगेको छ।
अध्यक्ष केपी शर्मा ओलीले झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा सञ्चालक प्रसाईँ सहित ३० जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने प्रस्ताव गरेका हुन्।
छलफलबिनै प्रस्ताव पुगेको भन्दै नेतृ अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, गोकर्ण विष्टलगायतले भने विरोध गरेका छन्। सोमबार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले मनोनितको नाम प्रस्ताव गरेका हुन्।
Facebook Comments


























