मंसिर २५ । विश्वभर हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २४ करोड २२ लाख १९ हजार ५७४ पुगेको छ। ओल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा ४ लाख ३५ हजार ९०६ जना निको हुनेको संख्या त्यति पुगेको हो।
यही अवधिमा ५ लाख ९४ हजार १३० जना संक्रमित थपिँदा ७ हजार २२७ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५३ लाख १० हजार ७३६ पुगेको छ। कुल संक्रमितको संख्या २६ करोड ९३ लाख ८२ हजार ३६० पुगेको छ।
कहाँ कति थपिए ?
अमेरिकामा एक लाख २५ हजार ३५८, जर्मनीमा ५८ हजार ९६९, बेलायतमा ५८ हजार १९४, रुसमा ३० हजार ८७३ जना कोरोना संक्रमित थपिएका छन्।
Facebook Comments


























