मंसिर १२ । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषदहरूको दोस्रो विश्व भेला आउँदो डिसेम्बर–१ बुधबार (मंगसिर १५ गते) हुने भएको छ।
एनआरएनए भित्र विवाद बढ्दै गएको र पररास्ट्र मन्त्रालयको हस्तक्षेपका विरुद्द मुद्दामामिला गर्न लागिएको भन्नेबारे पनि भेलामा छलफल गरिने जनाइएको छ।
राष्ट्रिय समन्वय परिषद (एनसीसी) अमेरिकाका अध्यक्ष तथा एनसीसीहरूको पहिलो विश्व भेला तयारी समितिका संयोजक बुद्धि सुवेदीका अनुसार परराष्ट्र मन्त्रालयले संरक्षक परिषदलाई दशौँ महाधिवेशन गर्ने अधिकार दिएकोमा कसरी सहयोग गर्न सकिन्छ भन्ने बारे भेलामा छलफल गरिने छ।
एनआरएनए एनसीसीहरुको पहिलो विश्व भेला गत २४ अक्टोबरमा भर्चुएल माध्यमबाट आयोजना गरिएको थियो। पहिलो विश्व भेलाको निष्कर्ष बेलायत भ्रमणमा आएका प्रधानमन्त्री शेर बहादुर देउवालाई पनि बुझाइएको थियो।
Facebook Comments























