काठमाडौं, कार्तिक २९ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा आज तेस्रो दिन पनि वैकल्पिक गेटबाट सर्वोच्च अदालत प्रवेश गरेका छन्।
उनी बिहान १० बजेर ४८ मिनेटमा कडा सुरक्षाकाबीच अदालत प्रवेश गरेका हुन्। नेपाल बार एसोसिएसनले आफ्नो राजीनामा माग गर्दै मुख्य गेटमा धर्ना जारी राखेका बेला राणा भने वैकल्पिक गेटबाट अदालत छिर्ने गरेका छन्।
प्रधानन्यायाधीश जबराले अब केहिबेरमा इजलास तोक्ने छन्।
Facebook Comments


























