चितवन, कार्तिक २७ । पूर्वी चितवनको रत्ननगरबाट प्रहरीले १ क्वीन्टल ८४ किलो ३५० ग्राम अबैध लागु औषध चरेश बरामद गरेको छ।
रत्ननगर नगरपालिका वडा नं. ३ शान्तिचोक नजिक किराना पसलको गोदाममा लुकाइराखेको १ क्वीन्टल ८४ किलो ३५० ग्राम चरेश इलाका प्रहरी कार्यालय टाँडीले बरामद गरेको हो।
चेवनप्रासको बट्टामा शिल सहित प्याक गरीएको अबस्थामा उक्त चरेश बरामद गरेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी इन्द्र वहादुर रानाले जानकारी दिए।
स्थानीयवासी विष्णु पन्तको घरलाई रत्ननगर वडा नं. १५ माधवपुरका उद्धव अधिकारीले गोदामका रुपमा प्रयोग गर्दै आएका थिए। गोदाममा १९२ वटा बट्टामा ३२ वटा कार्टुनमा प्याकेजिङ गरेर राखेको अवस्थामा चरेश भेटिएको हो।
चरेश कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
Facebook Comments


























