काठमाडौँ, कार्तिक २७ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले अहिलेको लडाइँ दक्षिणपन्थी र प्रतिगमन विरुद्ध भएको बताएका छन्।
शनिबार काठमाडौँमा पार्टीनिकट समाजवादी प्रेस संगठनको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्टहरू सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने बताए। उनले अहिले आफुहरूको लडाई दक्षिणपन्थी र प्रतिगमन विरुद्ध भएको बताए।
आफुहरूले सामाजिक न्यायसहितको समाजवाद चाहेको उनको भनाइ थियो। पछिल्लो समय देशमभर समाजवादी पार्टीमा आकर्षण बढेको बताउँदै आफू नेतृत्वको पार्टीमा कार्यकर्ता प्रवेशको लहर नै चलिरहेको दाबी गरे।
अध्यक्ष नेपालले गलत प्रवृति र बानी त्याग्न पत्रकारहरूलाई सुुझाव पनि दिएका छन्। उनले जनतालाई सुुसुचित गर्ने कामका साथै देशलाई मार्गदर्शन गर्ने माध्यम बन्न आग्रह गरेका छन्।
Facebook Comments


























