काठमाडौं, कार्तिक २६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रतिक्रियावादीले क्रान्तिकारी नेतृत्व सिध्याउन खोजेको आरोप लगाएका छन्।
शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले प्रतिक्रान्तिकारीले विभिन्न आन्दोलनका उपलब्धि उल्ट्याउने अभियानमा माओवादी आन्दोलन र त्यसको नेताको हैसियतले प्रचण्डलाई सिद्धाउन खोजेको बताए।
प्रचण्डलाई जनताले नै जन्माएको भन्दै उनले माओ, लेनिन, प्रचण्डहरू एउटा कालखण्डमा धेरै जन्मन नसक्ने तर्क गरे। कार्यक्रममा प्रचण्डले पार्टी एकताका लागि पूर्वमाओवादी नेताहरूसँग छलफल भइरहेको बताए।
विप्लव, मोहन बैद्य लगायतका नेताहरू अव एकै ठाँउ आउनुपर्नेमा उनको जोड छ।
Facebook Comments


























