चितवन, कार्तिक १४ । पछिल्लो २४ घण्टामा थप ५ सय १८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख ९१ हजार ७ सय ८७ पुगेको छ।
यस्तै, चार सय आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। पीसीआर र एन्टिजेन गरी सात हजार आठ सय ९९ जनाको नमुना परीक्षण गर्दा चार सय आठ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
२४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये पाँच दशमलव १६ प्रतिशतमा सङ्क्रमण देखिएको हो। अहिले नेपालमा नौ हजार तीन सय ७६ जना सक्रिय सङ्क्रमित रहेका छन्।
यस्तै थप आठ सङ्क्रमितको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय सात पुगेको छ।
२४ घण्टामा ३८ हजार आठ सय १५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। अहिलेसम्म १८ वर्षमाथिको जनसङ्ख्या एक करोड ९९ लाख २२ हजारमध्ये ३६ दशमलव एक प्रतिशत अर्थात् ७१ लाख ८९ हजार ६ सय ८९ जनाले पूर्ण मात्रा खोप लगाएका छन्।
यस्तै ४३ दशमलव पाँच प्रतिशत अर्थात् ८६ लाख ६८ हजार पाँच सय ९२ जनाले कम्तीमा एक मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











