हेटौँडा, कार्तिक १० । बाग्मती प्रदेशमा बिहीबार अपरान्ह ३ बजेसम्म नयाँ सरकार गठनका लागि प्रदेश सभाका दलहरुलाई आह्वान गरिएको छ। प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार नयाँ मुख्यमन्त्रीका लागि दाबी गर्न आह्वान गरेका हुन्।
अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले सभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले दुई वा सोभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी गर्न प्रदेशसभाका दलहरुलाई आह्वान गरेका हुन्।
मुख्यमन्त्री शाक्यले राखेको विश्वासको मतको प्रस्तावमाथि मतदान हुनुअघि नै उनले बुधबार राजीनामा दिएकी थिइन्। सत्तारुढ दल एमाले विभाजित भएपछि शाक्य स्पष्ट अल्मतमा परेकी थिइन्।
केन्द्रीय सत्तारुढ गठबन्धनले नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति गरिसकेकाले बिहीबार पाण्डे मुख्यमन्त्री बन्ने लगभग निश्चित छ।















![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











