कार्तिक ६ । हाल नेपालमा असर गर्ने उल्लेखनिय मौसमी प्रणाली रहेको छैन। यद्यपि, आज शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
प्रदेश १, वाग्मती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले छ।
आज राति प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
भोलि आइतबार देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
Facebook Comments


























