कार्तिक ४ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरोबाट प्रभावित जनतालाई समयमै राहत उपलब्ध गराउने बताएका छन्।
बाढीपहिराले पुर्याएको क्षतिको अवस्थाबारे जानकारी लिन कर्णाली र सुदूरपश्चिम प्रदेशको स्थलगत निरीक्षण गएका प्रधानमन्त्री देउवाले सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री देउवाले नागरिकलाई आवश्यक राहत उपलब्ध गराउन सरकारले निर्णय गरिसकेको भन्दै समयमै राहत उपलब्ध गराउने बताए।
एक्कासी आएको बेमौसमी बाढीले ठूलो धनजनको क्षति पुर्याएकोमा आफू दुःखी बनेको बताउँदै देउवाले पीडितलाई चाँडै राहत उपलब्ध गराउने बताए।
प्रधानमन्त्री देउवाले सुर्खेत विमानस्थलमा बाढीपहिराले कर्णाली प्रदेशमा पुर्याएको क्षतिबारे प्रदेश सरकार र सुरक्षा निकायका प्रमुखबाट जानकारी लिएका छन्।
Facebook Comments


























