चितवन, असोज १९ । स्कुल अफ हेल्थ साईन्सले CTEVT प्रदेस कार्यालयले भर्नाका निम्ति आव्हान गर्दा समेत हेन्थ साईन्सले अटेर गर्दै भर्ना प्रक्रिया विभिन्न बाहाना बनाउदै अहिले सम्म सुचारु नगरेकाले बिद्यार्थीहरु निजि कलेजमा भर्ना हुन बाध्य भएको परिस्थिति प्रती प्राबिधिक विद्यार्थी परिषद चितवनले गम्भीर आपत्ती जनाउँदै स्कुल अफ हेल्थ साईन्स रजनी मल्ललाई बिज्ञप्ती बुझाएको थियो।
विज्ञप्ति बुझाएको २४ घन्टा भन्दा बढी समय बित्दा पनि कलेज प्रशासनले भर्ना प्रकृया सुरु गर्न कुनै कदम नचालेकाले सोमवार प्राविधिक विध्यार्थी परिषद चितवनले स्कुल अफ हेल्थ साईन्समा अनिश्चित कालको लागि तालाबन्दी गरेको छ। उक्त कार्यक्रममा प्राबिधिक विद्यार्थी परिषद चितवनका अध्यक्ष रबिन क्षेत्री, सचिव नरेश प्रसाद भट्ट लगायत ने.बि.संघ स्कुल अफ हेल्थ साईन्सका इकाई अध्यक्ष जनक हन्क र सोही कलेजका विद्यार्थी नेता पप्पु यादव लगायत अन्य थुप्रै विद्यार्थी हरुको उपस्थिति रहेको थियो।
आज (मंगलवार) पनि यदि कलेज प्रशासनले भर्ना प्रकृयाका लागि कुनै सुरसार नगरे प्राविधिक विद्यार्थी परिषद चितवन थप आन्दोलनमा उत्रने चेतावनि अध्यक्ष रविन क्षेत्रीले दिएका छ्न्।



























