चितवन, असोज १५ । थारुहरुको महान चाड जितिया पर्व अमेरिकाको टेक्सासमा भव्यताका साथ सम्पन्न भएको छ। प्राय जसो असोजको कृष्ण पक्षको सप्तमी तिथि देखि शुरु हुने यो पर्व तीन दिन सम्म मनाइन्छ।
विशेष गरि महिलाहरुको चाडको रुपमा मनाइने यो पर्वमा निराहार व्रत लिएर आफ्नो सन्तान तथा परिवारको सुख, शान्ति तथा दिर्घायूको कामना गर्ने चलन छ। तीन दिन सम्म व्रत लिएर मनाइने यो पर्वमा दही, च्यूरा, केरा, सख्खर, घिरौलाको पात, सुपारी, पान, सिन्दुर लगायतले जीतमानबाबाको पूजा अर्चना गरिन्छ। यो पर्वको अवसरमा जितिया विशेष गीत गाँउदै रमाइलो समेत गर्ने गरिन्छ।
नेपालको विभिन्न स्थानबाट आएका यहाँ स्थित नेपाली मूलका थारु महिलाहरुको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।



Facebook Comments























