बुटवल, भदौ ३० । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई ध्वस्त पार्न खोजिएको बताएका छन्।
बुधबार बुटवलमा आयोजित भेलालाई सम्बोधन गर्दै उनले केही व्यक्तिहरूले एमालेलाई समाप्त पार्न खोजेपनि उनीहरू सफल नभएको बताए। उनले एमालेको भलो चाहने नेता, कार्यकर्ताले पार्टीलाई टुटफुट हुन नदिएर जोगाएको बताए।
‘यो पार्टी ध्वस्त पार्न खोजिएको थियो। समाप्त पार्न खोजिएको थियो। कब्जा गर्न खोजिएको थियो’, ओलीले भने, ‘ध्वस्त पार्न खोजेर केही बच्यो भने प्रतिक्रियावादीका पाउमा चढाउन खोजिएको थियो। तपाईंहरुले पार्टी जोगाउनु भयो। तपाईंहरुलाई धेरै धेरै धन्यवाद।’
Facebook Comments


























