काठमाडौं, भदौ २७ । सभामुख अग्निप्रसाद सापकोटाले संसद अवरोध अन्त्य गर्ने विषयमा छलफलका लागि शीर्ष नेताहरुको बैठक बोलाएका छन्।
संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुलाई बैठकमा बोलाइएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए। बैठक दिउँसो साढे २ बजेका लागि बोलाइएको उनले बताए।
प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि सभामुख सापकोटाले बैठक बोलाएका हुन्। माधव नेपाल सहितका १४ सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ।
Facebook Comments


























