काठमाडौ, भदौ १७ । प्रधानन्यायाधीश बिनाको संवैधानिक इजलासबाट सुनुवाइ नगर्न सर्वोच्च अदालतले अन्तरिम ओदश दिएको छ। बिहीबार सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेश दिएको हो।
अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरि प्रसाद फुयाँलको एकल इजलासले बिहीबार यस्तो आदेश दिएको हो। अन्तरिम आदेशसहित कारण देखाऊ आदेशसमेत दिएको छ।
यसअघि संवैधानिक परिषदले गरेका नियुक्तिविरुद्धको परेको रिटमाथि सुनुवाइ गर्न प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नै नेतृत्वमा संवैधानिक इजलास गठन गरेका थिए। तर, आफै सहभागी बैठकले गरेका निर्णयविरुद्धको सुनुवाई प्रधानन्यायाधीश राणा आफैले गर्न नमिल्ने भन्दै रिट निवेदकले प्रश्न उठाएपछि प्रधानन्यायाधीश राणाले आफू सो रिटबाट अलगिने निर्णय लिएका थिए। यसपछि सर्वोच्चमा यो रिट परेको थियो।
यस्तै प्रधानन्यायाधीश र न्यायाधीशहरुको आचारसंहित पालना गराउन विषयमा परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ। अधिबक्ता दिपकविक्रम मिश्रले दर्ता गराएको प्रधानन्यायाधीश वा न्यायाधीशले आफ्नो स्वर्थ जोडिएका मुद्धा हेर्न नहुने प्राकृतिक न्यायको सिद्धान्त र न्यायाधीशको आचारसंहिता पालना गराउन माग गरिएको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरि फुयाँलको एकल इजलासले कारण देखाऊ आदेश दिएको हो।
प्रधानन्यायाधीश वा न्यायाधीशको स्वार्थ बाझिने अवस्थामा त्यस्तो न्यायाधीश वा प्रधानन्यायाधीशको सट्टा निजपछिको न्यायाधीशको चयन गर्न समेत माग गर्दै रिट दायर भएको थियो।


























