चितवन, भदौ ११ । बिहीबार राति नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा खसेको पहिरो पन्छाउन बिहान १० बजेसम्म समय लाग्ने भएको छ। सो सडकको सेती दोभानमा राति ८ बजेर २० मिनेटको समयमा ठूलो पहिरो खसेको थियो।
डिभिजन सडक कार्यालयका सूचना अपिकारी इं शिव खनालका अनुसार आज बिहान साढे ५ बजेबाट पहिरो पन्छाउन थालिएको छ। उनले भने, “थप पहिरो नखसे बिहान १० बजेसम्म पहिरो पन्छाएर सकिन्छ।” अबिरल वर्षापछि यहाँ पहिरो खसेको हो। सडक अवरुद्ध भएसँगै यातायातका साधन रोकिएका छन्। रासस
Facebook Comments


























