चितवन, भदौ ५ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३८२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन्।
योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९५ हजार ९२५ पुगेको छ। निको हुने दर ९३.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा २ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ७०३ जनाको पीसीआर परीक्षणमा १ हजार ४२४ र ५ हजार ३७२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६५१ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























