चितवन, साउन ३२ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४५८ जना कोरोना संक्रमणमुक्त भएकाछन्। उनीहरु देशभरका विभिन्न अस्पतालहरुबाट निको भएको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार निको हुने दर ९३.२ प्रतिशत रहेको छ।
यस्तै, ३ हजार ४५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ९३ जनाको पीसीआर परीक्षणमा २ हजार ५६६ र ५ हजार ५१८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८८५ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा थप ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























