चितवन, साउन २८ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २९४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। निको हुने दर ९३.३ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, ३ हजार २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ८०६ जनाको पीसीआर परीक्षणमा २ हजार ४७३ र ४ हजार ६५६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७८७ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा थप ३२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























