बुटवल, साउन २८ । लुम्बिनी प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन्।
४ गठबन्धनको समर्थमा केसीलाई प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्। केसी नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री पदमा नियक्त भएका हुन्।
गठबन्धनले आज बिहान ४२ सांसदको हस्ताक्षर सहित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री पदमा केसीलाई दाबी पेश गरेका थिए।
नवनियुक्त मुख्यमन्त्री केसीलाई ४ बजे प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ।
आजै ५ सदस्य मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा गठबन्धन रहेको छ। कांग्रेसबाट डिल्ली चौधरी र जसपाबाट सहशराम चौधरी, फुलमति ढेंगा र सुमन शर्मा रायमाझी मन्त्री बन्दैछन्।


























