काठमाडौं, साउन २४ । सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन्।
आज बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएपछि सार्वजनिक गरिएको हो। सत्तारुढ गठबन्धन गठन गरेको कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रम आजै शीर्ष नेतासमक्ष पेश गरिएको थियो।
Facebook Comments


























