काठमाडौं, साउन २४ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संवैधानिक परिषद सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्ति संविधानसम्मत भएको बताएका छन्।
संघीय संसद चालु अवस्थामा नभएको बेलामा सरकारले अध्यादेश जारी गर्न सक्ने भन्दै त्यसलाई गैरसंवैधानिक भन्न नमिल्ने उनले तर्क गरेका हुन्।
उनले भनेका छन्, ‘ऐनलाई संशोधन गर्न बनेको अध्यादेशको मर्म र भावना अनुसार परिषदको बैठक र निर्णय सम्बन्धी कार्यविधिको पालना गरी भएरगरेका निर्णय र कामकारबाहीले सभामुखको कुनै पनि हकमा आघात पुग्न नगएको। रिट निवेदन खारेज गरी पाऊँ।’
Facebook Comments


























