चितवन, साउन २३ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७२२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार निको हुने दर ९३.६ प्रतिशत रहेको छ ।
यस्तै, ३ हजार २१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ८८६ जनाको पीसीआर परीक्षणमा २ हजार २३१ र ४ हजार ७०७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १९८७ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८० हजार ८०७ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा १० हजार ३८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
त्यस्तै हालसम्म नेपालमा २३ लाख ५९ हजार ७९३ जनाले कोरोनाविरुद्धको पूर्ण मात्राको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


























