सिन्धुलीगढी, साउन १३ । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा नेपालकै पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको आज उद्घाटन गरेकी छन्। संग्रहालय उद्घाटनको लागि उनी बुधबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत सिन्धुलीगढी आएकी थिइन्।
नेपाली सेनाले कमलामाई नगरपालिकासँगको सहकार्यमा युद्ध संग्रहालय निर्माण गरेको हो। ०७६ कात्तिक २४ गते संग्रहालयको शिलान्यास गरिएको थियो।
६ करोड ५० लाख रुपैयाँको लागत र करिब डेढ वर्षको अवधिमा निर्माण सम्पन्न भएको संग्रहालय ६ हजार २७५ स्क्वायर फिटमा फैलिएको छ। संग्रहालयमा वीर योद्धाको परिचय, तत्कालीन समयमा प्रयोग भएका हातहतियारलगायत राखिएका छन्।

तस्वीर: रासस
Facebook Comments


























