चितवन, साउन ५ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५९५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएकाछन्। उनीहरु देशभरका विभिन्न अस्पतालबाट निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
यस्तै, ३ हजार १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्या हिजोको भन्दा बढी हो। सोमबार २ हजार २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको थयो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ८३६ जनाको पीसीआर परीक्षणबाट २ हजार २०२ र ४ हजार २९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०६ जना गरी जम्मा ३ हजार १०८ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























