काठमाडौं, असार २९ । देशको नयाँ प्रधानमन्त्रीका रुपमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नियुक्त भएका छन्। देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गरेकी छन्। सर्वोच्च अदालतले मंगलबार अपरान्ह ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।
सोही अनुसार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को ५ अनुसार देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। श पथ ग्रहण साँझ ६ बजेका लागि तोकिएको छ।
कांग्रेस सभापति देउवा यसअघि चारपटक प्रधानमन्त्री बनेका थिए। २०५२ सालमा पहिलोपटक प्रधानमन्त्री बनेका देउवा २०५९, ०६१ र २०७४ सालमा प्रधानमन्त्री बनेका थिए।
Facebook Comments


























