चितवन, असार २८ । भरतपुरको चौबीसकोठीमा युवा तथा विद्यार्थीहरुद्वारा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाको पुत्ला दहन गर्दै नाराबाजी गरेकाछन्। अनेरास्ववियु चितवनले भरतपुरको चौबीसकोठीमा आयोजना गरेको कोणसभा लगत्तै युवाहरूले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाको पुत्ला दहन गर्दै नाराबाजी समेत गरेका थिए।
युवा तथा विद्यार्थीहरुले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा मुर्दाबाद, नेकपा एमाले जिन्दावाद लगायतका नारा लगाएका थिए। कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य कपिलदेव पोखरेल, भरतपुर महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपाने, विद्यार्थी नेता प्रकाश आचार्य लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
Facebook Comments


























