चितवन, असार २१ । नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ। विभिन्न स्थानमा पहिरो गएका कारण आज (सोमबार) बिहानै बाट सडक अबरुद्ध भएको हो।
सेतीदोभान, १४ किलो लगायतका स्थानमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरीले अत्यावश्यक सवारी साधनहरुले बैकल्पिक सडकको प्रयोग गर्न अनुरोध गरेको छ।
Facebook Comments


























