चितवन, असार २० । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५५२ जना निको भएका छन्। आज देशभर कोभिड-१९ को परीक्षण घटेसँगै संक्रमितको संख्या पनि घटेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आज देशभर आठ हजार १३२ जनाको स्वाब परीक्षण गर्दा एक हजार ६०३ जनामा कोरोना पुष्टि भएको छ। हिजो १० हजार १३३ जनाको स्वाब परीक्षण गर्दा दुई हजार ३२८ जनामा संक्रमण देखिएको थियो।
त्यस्तै, आज कोरोनाबाट २७ जनाको मृत्यु भएको छ। शनिबार १९ जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार दुई सय २५ पुगेको छ।
Facebook Comments


























