काठमाडौं, असार १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा कोरोनाबिरुद्धको खोप अभाव नहुने दावी गरेका छन्। आज प्रधानमन्त्री निबास बालुवाटारमा त्रिशुली–प्रसारण लाइन र सबस्टेसनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा केही दिनभित्रै प्रयाप्त कोरोनाविरुद्धको खोप आउने बताए।
खोप आउने बितिकै मुलुकका सवै स्थानमा समूह बनाएर खोप अभियान सञ्चालन गर्ने उनले बताए। यसअघि खोप ल्याउन समस्या भए पनि अहिले विभिन्न राष्ट्रसँगको पहलमा खोप आउन लागेको उनले बताए।
प्रधानमन्त्री ओलीले सकेसम्म छोटो अवधिमै सबैलाई खोप लगाउने र खोप पाइएन भन्ने स्थिति नहुने स्पष्ट पारे। सडक सञ्जाल, हवाइ मैदान निर्माण गर्ने, रोजगारी सिर्जना गर्ने लगाएत विकास निर्माणमा सरकारले उपलव्धिमुलक काम गरेको उनले बताए।
Facebook Comments


























