चितवन, असार १७ । लगातारको बर्षासंगै पूर्वी चितवनका खोलामा बाढी आएको छ। खैरहनी र राप्तीको सीमा क्षेत्रमा बग्ने लदरी खोलामा आएको बाढीले लदरी पुल भत्काइदिएको छ।
बुढी राप्ती खोलामा आएको बाढीले सौराहा र आसपासका क्षेत्र प्रभावित बनेका छन्। राप्ती, खैरहनी र रत्ननगर नगरपालिकाका विभिन्न क्षेत्रमा सयौं घर डुबानमा परेका छन् । त्यहाँका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।

Facebook Comments


























