धादिङ, असार १५ । पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकास्थित चरौँदी ज्यामिरे घाटबाट मालबाहक ट्रक त्रिशुली नदीमा खसेर बेपत्ता भएको छ।
वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ३ ख ८०७४ नम्बरको ट्रक नदीमा आज बिहान खस्दा चालक पनि बेपत्ता रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ। अहिले नदीको बहाब उच्च छ। चालक बाहेक ट्रकमा अन्य को को थिए भन्ने यकिन नभएको र खोजी जारी रहेको बताइएको छ।
वीरगञ्जबाट काठमाडौंका लागि छुटेका तीन ट्रकमध्ये एउटा सम्पर्कमा नआएपछि खोजी गर्दा दुर्घटनामा परेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए।
Facebook Comments


























