चितवन, असार १० । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५१८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएकाछन्। उनीहरु देशभरका विभिन्न अस्पतालबाट निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
यस्तै, २ हजार ४७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार २३५ जनाको पीसीआर परीक्षणबाट १ हजार ५७७ र ४ हजार ९९७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८९७ जना गरी २ हजार ४७४ जना कोरोना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























