चितवन, असार १० । खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ९० करोड भन्दा बढीको वजेट ल्याएको छ। आगामी वर्षका लागि ९० करोड ७२ लाख बरावरको बजेट ल्याएको हो। नगरपालिकाको आज बिहीवार सम्पन्न नवौ नगर सभामा उपप्रमुख सुनिता थपलियाले आर्थिक वर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गरेकी थिईन्। प्रस्तुत वजेट सर्वसम्मतले पारित भएको छ।
प्रस्तुत वजेट अनुसार कुल खर्च मध्ये चालु तर्फ ४४ करोड २७ लाख ४४ हजार र पुँजीगत तर्फ ४६ करोड ४५ लाख १८ हजार रुपैयाँ रहेको छ। विभिन्न कोषहरुमा ५ लाख रुपैयाँ छ। वजेट प्रस्तुत गर्दै उपप्रमुख थपलियाले आन्तरीक आय १४ करोड ६५ लाख रहेको बताईन्। जिल्ला समन्वय समितिबाट प्राप्त हुने १ करोड,संघीय सरकार शशर्त अनुदा २३ करोड ६ लाख,संघीय सरकार समानिकरण अनुदान १७ करोड २० लाख,संघीय सरकारबाट बाँडफाँड भई प्राप्त हुने ९ करोड ५५ लाख,संरक्षित वन रोयल्टीबाट ३० लाख,संघीय सरकार विषेश अनुदान १ करोड २५ लाख आम्दानी हुने उनले बताईन्। त्यस्तै प्रदेश सरकार सशर्त अनुदान ३ करोड ६१ लाख, प्रदेश सरकार समानिकरण अनुदान १ करोड ४९ लाख, प्रदेश सरकारबाट वाँडफाँड भई प्राप्त हुने रकम ५ करोड ९८ लाख, प्रदेश सरकार समपुरक अनुदान १ करोड ४९ लाख,सडक बोर्ड नेपालबाट प्राप्त हुने ४० लाख,तरकारी तथा फलफुल मुल्य श्रृंखला विकास आयोजनाबाट १० लाख र चालु वर्षको वैंक मौज्दात १० करोड गरि कुल ९० करोड ७२ लाख ६३ हजार रकम आम्दानी हुने अनुमान गरिएको छ।
खैरहनी नगरपालिकाले आगामी वर्ष आर्थिक क्षेत्रका कार्यक्रम संचालनका लागि कुल १४ करोड ८५ लाख ४५ हजार रुपैयाँ विनियोजन गरेको छ। आर्थिक विकासमा कृषि विकास कार्यक्रम संचालनका लागि ५ करोड ४४ लाख ,पशु विकास कार्यक्रमका लागि २ करोड ८० लाख, जलश्रोत तथा सिंचाईका लागि ५ करोड ४१ लाख,पर्यटन विकासमा ७२ लाख,उद्योग तथा बाणिज्यका लागि ४० लाख,सहकारी विकासका लागि ८ लाख रुपैयाँ वजेट विनियोजन गरिएको छ।
सामाजिक विकास क्षेत्रको कार्यक्रम संचालन गर्न ३० करोड २१ लाख ६३ हजार रुपैयाँ बजेट छुट्याईएको छ। सामाजिक विकासको शिक्षा, युवा तथा खेलकुद विकास कार्यक्रम संचालन गर्न १९ करोढ ७८ लाख ५० हजार,स्वास्थ्य तर्फ ६ करोड २३ लाख, लैंगिक समानता तथा समावेशीकरण अन्र्तगत लक्षित समुह विकास र गरिवी निवारणका लागि २ करोड ६१ लाख,गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमका लाग २९ लाख र प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजनामा ४५ लाख रुपैयाँ बिनियोजन गरिएको छ।
पूर्वाधार विकासमा सवैभन्दा धेरै ३१ करोड ९८ लाख रुपैयाँ, वातावरण तथा विपद व्यवस्थापनका लागि २ करोड ८१ लाख, सुशासन तथा संस्थागत विकास क्षेत्रमा १० कराड ९७ लाख रुपैयाँ विनियोजन गरिएको नगर उपप्रमुख थपलियाले बताईन्। नगर सभामा नगर प्रमुख लालमणि चौधरीले प्रस्तुत गरेको आर्थिक र विनियोजन विद्येयक सर्वसम्मतले पारित भएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले बताए।


























