चितवन, असार १० । भरतपुर महानगरपालिकाको नवौं नगर सभामा समाचार संकलनमा पत्रकारहरुलाई प्रवेश निषेध गरिएको छ। नगरसभाको समाचार संकलन गर्न गएका पत्रकारलाई महानगरका प्रेस सल्लाहकारले नै रोक लगाएका छन्।
महानगरका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले चितवन पोष्ट दैनिकका संवाददाता कुलप्रसाद काफ्लेलाई कार्यक्रम स्थलबाट फर्काएका थिए। उक्त घटनाप्रति चितवन पोष्ट दैनिकले एक विज्ञप्ति जारी गर्दै भत्र्सना गरेको छ। प्रेस सल्लाहकार अधिकारीले आफू निकट केहि

पत्रकारलाई भने नगरसभा हलमा प्रवेश गराएका छन्।
Facebook Comments


























