चितवन, असार ९ । चितवनमा जारी निषेधाज्ञा असार १७ गतेसम्म थप गरिएको छ। चितवनमा कोभिड संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले निषेधाज्ञा असार १७ गतेसम्म थप्ने निर्णय गरेको हो। निषेधाज्ञा केही खुकुलो बनाइएको छ।
चितवनमा कोराना भाइरसको संक्रमण जोखिम कम गर्न बैशाख १६ गतेदेखि लगाईएको निषेधाज्ञा जारी छ।
नयाँ आदेश अनुरुप अत्यावश्य बाहेकका कपडा, फेन्सी, अटोमोबाइल्स, भाडा पसल, सुनचाँदी पसल, कम्प्युटर पसल, गिफ्ट, टेलर लगायतको पसल हप्तामा तिनदिन दैनिक ४ घण्टा खुल्न पाउने भएका छन्। उक्त पसलहरु आइतबार, मंगलबार र विहिबार दैनिक दिउँसो १२ बजेदेखी ४ बजेसम्म खुल्न पाउने भएका छन्।
त्यस्तै निजी सवारीसाधनमा जोरविजोर प्रणाली लागु गरिएको छ। जोर गते जोर नम्बर र विजोर गते विजोर नम्बरको निजी सवारी साधन चल्न पाउने छन्। तर उक्त सावरीसाधनमा सिट क्षमताको आधा मात्रै यात्रु चढ्न पाउने छन्।
यस्तै, मालपोत, नापी, यातायात व्यवस्था कार्यालयलगायत सरकारी कार्यालयहरुमा न्यूनतम कर्मचारी राखेर स्वास्थ्य मापदण्ड पालना गर्दै सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ। निजी सवारी–साधन जोर–बिजोर प्रणालीमा ५० प्रतिशत यात्रु क्षमतामा चलाउन पाइनेछ।





























