चितवन, असार ८ । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९५१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएकाछन्। उनीहरु देशभरका विभिन्न अस्पतालबाट निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। निको हुने दर ९०.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
यस्तै, ४ हजार ५२२ कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार २०४ जनाको पीसीआर परीक्षणबाट ३ हजार ७०३ र ४ हजार ७०९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८१९ जना गरी ४ हजार ५२२ जना कोरोना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा थप ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























