चितवन, असार ८ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र बागमती प्रदेशले १० गते (बिहीबार) बाट सुचारु गर्ने भएको छ। कार्यालयले मंगलबार सूचना जारी गरी पुनः सेवा सुचारु गर्ने जनाएको छ।
सेवाका लागि कोटा संख्या पनि तोकिएको छ। सवारी चालक अनुमति पत्र नवीकरणमा दैनिक एक सयले गर्न पाउनेछन्। ट्रायल पास राजश्व संकलनमा एक सय कोटा संख्या तोकिएको छ। त्यस्तै सवारी चालक अनुमतिपत्र वितरणमा दुई सय जनाको कोटा तोकिएको छ।

Facebook Comments


























