चितवन, असार ६ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३ हजार ४५६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्।
उनीहरु विभिन्न अस्पतालमा उपचाररत र आइसोसेसन सेन्टर तथा होम आइसोलेसनमा रहेका थिए। यससँगै नेपालमा कोरोना संक्रमण भई निको हुनेको संख्या पाँच लाख ५६ हजार ७९८ पुगेको छ।
यस्तै, २४ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा परीक्षण गराएका १० हजार ९५६ नमूनामध्ये २४ सय ४२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यी परीक्षणबाट देशभर २१ दशमलव ३ प्रतिशतमा संक्रमण देखिएको हो।
यस्तै आइतबार कोरोनाबाट थप ५१ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।
Facebook Comments


























