चितवन, जेठ २७ । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार २९३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएकाछन्। उनीहरु देशभरका विभिन्न अस्पतालबाट निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
यस्तै, ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ९०१ जनाको पीसीआर परीक्षणबाट २ हजार ८७४ र ५ हजार ३३७ एन्टिजेन परीक्षणमा ८७५ जना गरी ३ हजार ७४९ जना कोरोना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा थप ५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments

























